फागुन ३, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शेयरधनीलाई नगद लाभांश वितरण गर्नका लागि बैंक खाता अद्यावधिक र शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।
कम्पनीले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको लागि बैंक खाता र शेयर अभौतिकीकरण गर्न भनेको हो ।
बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको हकमा खातामा नै जम्मा गरिदिएको भन्दै कम्पनीले हालसम्म पनि पनि डिम्याट खातामा बैंक नम्बर अद्यावधिक नगराएको हकमा डिम्याट खाता रहेको निक्षेप कहाँ सम्पर्क गर्न शेयरधनीलाई भनेको छ ।
साथै हालसम्म पनि शेयर अभौतिकीकरण गर्न बाँकी रहेका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराउन पनि कम्पनीले भनेको छ ।