ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व असुली माघमा घट्यो 

२०७७ फागुन, ३  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३, चितवन । चालू आर्थिक वर्ष २०७७/ ०७८ को पुस महीनाको तुलनामा माघ महीनामा आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व असुलीमा कमी आएको छ । 

उक्त कार्यालयका अनुसार गत पुस महीनामा राजस्वको सबै शिर्षकबाट कुल १ अर्ब ४९ करोड २४ लाख २६ हजार रुपियाँ असुली भएको थियो भने माघ महीनामा यो अनुपात घटेर १ अर्ब १४ करोड ९९ लाख ३४ हजार रुपियाँ मात्र असुली भएको छ । 

कार्यालयले सबैभन्दा बढी अन्तशुल्कबाट राजस्व असुली गर्दै आएको छ । पुस महीनामा अन्तशुल्क शिर्षकबाट कार्यालयले ८५ करोड ५९ लाख ७६ हजार रुपियाँ राजस्व असुली गरेको थियो भने  माघ महीनामा ७३ करोड १८ लाख ३० हजार रुपियाँ मात्र राजस्व असुली गरेको  छ । 

यस्तै आयकर शिर्षकमा पुस महीनामा भन्दा माघ महीनामा दुई गुणाभन्दा कम राजस्व असुली भएको छ । जस अनुसार पुस महीनामा  उक्त शिर्षकमा ४३ करोड ५६ लाख ५७ हजार रुपियाँ राजस्व असुली भएको थियो भने माघ महीनामा यो अनुपात घटेर १९ करोड ७७ लाख ३ हजार रुपियाँ असुली भएको छ । 

मूल्य अभिवृद्धि कर शिर्षकमा भने राजस्व असुली पुस महीनाको तुलनामा केही अनुपातमा वृद्धि भएको छ । पुस महीनामा कार्यालयले उक्त शिर्षकमा १७ करोड २५ लाख ४५ हजार रुपियाँ राजस्व असुली गरेको थियो भने माघ महीनामा १९ करोड ३८ लाख ३७ हजार रुपियाँ असुली भएको छ ।

ब्याजकर शिर्षकमा पुस महीनामा १ करोड ५५ लाख ४१ हजार रुपियाँ असुली भएको थियो भने माघ महीनामा यो अनुपात बढेर २ करोड ५५ लाख ६९ हजार रुपियाँ असुली भएको छ । बहालकर शिर्षकमा पनि पुस महीनाको तुलनामा  आधाभन्दा कम राजस्व असुली भएको छ । पुस महीनामा उक्त शिर्षकमा १ करोड २५ लाख ५० हजार रुपियाँ संकलन गरेको उक्त कार्यालयले माघ महीनामा जम्मा ५९ लाख २४ हजार रुपियाँ मात्र असुल गरेको छ ।

यस्तै शिक्षा सेवा कर र स्वास्थ्य सेवा करमा पनि माघ महीनामा राजस्व असुली हुन सकेको छैन । जसअनुसार पुस महीनामा शिक्षा सेवा शिर्षकमा १ लाख ४९ हजार रुपियाँ असुली  भएको छ भने माघ महीनामा जम्मा १ हजार रुपियाँ मात्र असुल भएको छ । स्वास्थ्य सेवा शिर्षकमा पुस महीनामा ८ हजार रुपियाँ असुल भएको थियो तर माघ महीनामा यो शिर्षकमा राजस्व असुली शून्यमा झरेको छ ।

कार्यालयका सूचना अधिकृत कपिल नेपालले  पुस महीनामा करदाताले वार्षिक अनुमानित आयकरको ४० प्रतिशत राजस्व तिर्नुपर्ने भएकोले बढी राजस्व संकलन हुने गरेको बताए । ‘माघ महीनामा कुनै शिर्षकमा कर असुली बढेको छ, कुनै शिर्षकमा घटेको छ । यो कारोबार अनुसार भर पर्छ ’, उनले भने, ‘कर असुली कम भएपनि लक्ष्य भने प्राय : सबै शिर्षकमा पुरा गरेका छौं ।’

उनका अनुसार माघ महीनामा विभागले सबै शिर्षकमा दिएको लक्ष्य अनुसार अन्त : शुल्क बाहेक सबैमा लक्ष्यभन्दा बढी कर असुली भएको छ । स्वास्थ्य सेवा तथा शिक्षा करमा भने हाल बाँकी बक्यौता मात्र असुली हुने नेपालले जानकारी दिए ।

विभागले चालू आर्थिक वर्षमा १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपियाँ राजस्व असुली लक्ष्य दिएको मध्ये माघ महीनामा सम्म ८ अर्ब ६६ करोड १५ लाख ५२ हजार रुपियाँ असुली भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्