ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोस्रो घण्टामा नेप्से स्थिर, निर्धन उत्थान लघुवित्तको सर्वाधिक कारोबार (१ बजेको अपडेट) 

२०७७ फागुन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३, काठमाडौं । सोमवार कारोबारको दोस्रो घण्टामा नेप्से स्थिर रहेको छ । कारोबारको पहिलो घण्टामा ६६ दशमलव ९२ अंकले बढेको नेप्से दोस्रो घण्टामा ६६ दशमलव ६६ अंकले बढेको छ । 

यस अवधिमा परिसूचक २ दशमलव ६७ प्रतिशतले बढेर २ हजार ५६० दशमलव २५ विन्दुमा पुगेको छ । 

कारोबारको दोस्रो घण्टामा छिमेक लघुवित्त, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त र आरएसडीसी लघुवित्तको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्त, मेरो माइक्रोफाइनान्स, सारथी लघुवित्त, समीट लघुवित्त र स्वाबलम्वन लघुवित्तको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ । 

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये लघुवित्त समूहको परिसूचक सर्वाधिक ७ दशमलव ७२ प्रतिशतले बढेको हो ।

दोस्रो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको रू. ५ अर्ब ५० करोड ३९ लाख १४ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म निर्धन उत्थान लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६७ करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५९३ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा छिमेक लघुवित्त रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ७१६ मा रू. ४६ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्