ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सोमवार पनि सुनको भाउमा सामान्य गिरावट

२०७७ फागुन, ३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३,  काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने लाग्ने क्रम जारी रहेको छ । स्थानिय बजारमा सोमवार सुनको भाउ रू. १०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको थियो । 

यस्तै, सोमवार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आइतवार प्रतितोला रू. एक हजार ३३५ मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार ३४० मा खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदी रू. ५ ले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्