ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो घण्टामा ८०.४४ अंकले बढ्यो बजार, साढे ७ अर्ब बराबरको शेयर कारोबार (२ बजेको अपडेट) 

२०७७ फागुन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३, काठमाडौं । सोमवार कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ८० दशमलव ४४ अंकले बढेर २ हजार ५७४ दशमलव शून्य ३ विन्दुमा पुगेको छ । 

३ दशमलव २३ प्रतिशतले बढेको बजारमा १९९ ओटा कम्पनीको रू. ७ अर्ब ५७ करोड ५५ लाख ५४ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये लघुवित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव ६१ प्रतिशतले बढेको हो ।

यस अवधिसम्म निर्धन उत्थान लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७० करोड ४४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५९३ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ३२६ मा रू. ५२ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्