ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निर्धन उत्थान लघुवित्तको १३.६८ % लाभांश फागुन २५ गते पारित हुँदै

२०७७ फागुन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २५ गते २२ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको माघ २७ गतेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्न उक्त दिन सभा गर्ने निर्णय गरेको हो । यस वर्ष कम्पनीले कुल १३ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको पुस २४ गतेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । 

बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य हुने छन् । यस वर्ष गत वर्षको तुलनामा भने कम लाभांश कम्पनीले दिन लागेको हो । गत वर्ष यस कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत १५ दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्