ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दक्षिण कोरियामा जनवरीमा मात्रै गुम्यो १० लाख रोजगारी      

२०७७ फागुन, ३  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ३, सोल । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या ९ लाख ८२ हजार पुगेको छ । एकै महीनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।     
     
 यहाँको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महीनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको सङ्ख्या सन् १९९८ मा भएको एशियन वित्तीय सङ्कटपछिको पहिलो हो ।     
     
 कोभिड– १९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी छन् । त्यसैगरी होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जनस्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन् ।     
     
 कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको सङ्ख्या २५ दशमलव ८ मिलियन छ । हालसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको सङ्ख्या ८ लाख ९८ हजार छ भने आंशिक समय काम गर्ने पाँच लाख ६३ हजारले रोजगारी गुमाएका छन् ।     
     
 त्यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने २ लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वरोजगार १ लाख ५८ हजारले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ । जानकारहरु कोरियामा यति धेरै रोजगारी गुम्नु भनेको नेपाली कामदारलाई पनि अप्रत्यक्षरुपमा असर पर्ने बताउँछन् ।

कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार ६ हजार ५०० बढी छन् । नयाँ श्रम सम्झौता  र ईपीएसको परीक्षासमेत हुन सकेको छैन ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्