ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३.७१ % बढेर नेप्से परिसूचक हालसम्मकै उच्च, ११ ओटा लघुवित्त कम्पनीको शेयरमूल्य १० % ले वृद्धि 

२०७७ फागुन, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३, काठमाडौं । सोमवार शेयर बजार ३ दशमलव ७१ प्रतिशत बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

यसदिन बजार २ हजार ५८६ दशमलव शून्य १ विन्दुमा पुगेर बन्द भएको हो । २ हजार ५१७ दशमलव ४६ विन्दुदेखि खुलेको सोमवारको बजार अघिल्लो कारोबार दिनको तुलनामा ९२ दशमलव ४२ अंक बढेको हो ।

आइतवार ३३ दशमलव ३३ अंकले घटेर बजार २ हजार ४९३ दशमलव ५९ विन्दुमा बन्द भएको थियो ।आइतवार नेपाल राष्ट्र बैंकले भर्चुअल माध्यमबाट मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको थियो । यसअघि अर्धबार्षिक समिक्षा मार्फत शेयर धितोकर्जाको सीमालाई घटाउने हल्लाले बजार प्रभावित बन्दै आएको थियो ।

तर, राष्ट्र बैंकले विद्यमान ७० प्रतिशतको शेयर धितोकर्जाको सीमालाई यथावत राखेसँगै लगानीकर्ताहरु उत्साहित भएकाले सोमवारको बजार सकारात्मक देखिएको छ । 

यसदिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १५ दशमलव ३३ अंक अर्थात ३ दशमलव ३७ प्रतिशत बढेर ४६९ दशमलव ४४ विन्दुमा पुगेको छ । सोमवारको बजारबाट लघुवित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यसदिन लघुवित्त समूहको परिसूचक ८ दशमलव ७४ प्रतिशतले बढेको छ ।

११ ओटा लघुवित्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो दिन ३७ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा ३३ ओटा लघुवित्त कम्पनी रहेका छन् ।

 १० प्रतिशत शेयरमूल्य बढ्ने कम्पनीहरुमा छिमेक लघुवित्त, ग्रामिण विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्त र स्वाभिमान लघुुवित्त रहेका छन् ।सोमवार कारोबारमा आएका १२ ओटा समूहकै परिसूचक बढेको छ ।

यस दिन बैंकिङको ३ दशमलव २१ प्रतिशत, व्यापारिकको २ दशमलव ४८ प्रतिशत, होटल्सको १ दशमलव १७ प्रतिशत, विकास बैंकको १ दशमलव ९१ प्रतिशत, जलविद्युतको ३ दशमलव ३९ प्रतिशत, वित्तको २ दशमलव ९६ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ४५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ७७ प्रतिशत, अन्यको ३ दशमलव १५ प्रतिशत, जीवन बीमाको ३ दशमलव ८६ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ४५ प्रतिशत परिसूचक बढेको हो । 

सोमवार रू. १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार बराबरको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर कारोबार भएको छ । २०५ ओटा कम्पनीको ६८ हजार ३१९ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।

 कुल कारोबारमा सर्वाधिक हिस्सा यो दिन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ओगटेको छ । कम्पनीको रू. ७० करोड ४८ लाख ४९ हजार बराबरको शेयर कारोबार भएको हो ।

नेप्सेले उच्च विन्दु कायम गरेको दिन पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव शून्य ३ विन्दुले घटेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर अन्तिम मूल्य रू. १४३ कायम भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्