ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेलको भाउ १३ महीनाकै उच्च विन्दुमा 

२०७७ फागुन, ३  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ३, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर १३ महीनाकै उच्च विन्दुमा उक्लिएको छ ।

विश्वका कयौं देशहरुमा कोरोना भाइरस विरोधी खोप लगाउने कार्यक्रम शुरु भएर तेलको मागमा सुधार आएपछि भाउ बढेको हो । प्रमुख तेल उत्पादकहरुले उत्पादनमा गरेको कटौतीले पनि तेल बजारलाई टेवा दिएको हो ।

सोमवार ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ६३ डलर ७६ सेन्टको उच्च विन्दुमा उक्लिएको थियो । यो सन् २०२० को जनवरी २२ यताकै उच्च हो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ६ः२० बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ६३ डलर ३५ सेन्ट कायम भएको थियो । सोमवारको कारोबारमा वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ प्रतिब्यारेल ६० डलर ९५ सेन्टको उच्च बिन्दुमा पुगेको थियो ।

यो सामाचार तयार पार्दाखेरि भने डब्ल्यूटीआईको भाउ ६० डलर ६३ सेन्टमा किनबेच भइरहेको थियो । गत हप्ता तेलको भाउ करीब ५ प्रतिशतले बढेको थियो । प्रमुख तेल उत्पदकहरुले उत्पादनमा गरेको कटौतीका कारण हालैका हप्ताहरुमा तेलको भाउ बढेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्