ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिडका कारण ४. ८ % ले खुम्चियो जापानको जीडीपी

२०७७ फागुन, ३  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ३, टोकियो (जापान) । सन् २०२० को चौथौं त्रैमासमा जापानी अर्थतन्त्र बढेको भएपनि यो वृद्धि सो वर्ष अर्थतन्त्रलाई खुम्चनबाट बचाउन पर्याप्त भएन । 

कोरोना भाइरसको महामारीका कारण सन् २०१९ को तुलनामा गत वर्ष जापानको रियल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४ दशमलव ८ प्रतिशतले खुम्चिएको छ । सरकारले सोमवार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो ।

रियल जीडीपीमा आएको यो संकुचन सन् २००९ यताकै पहिलो हो । त्यति बेला विश्वव्यापी आर्थिक मन्दीबीच रियल जीडीपी ५ दशमलव ७ प्रतिशतले खुम्चिएको थियो । गत वर्षको संकुुचन सन् १९५५ मा तथ्यांक राख्न थालेयताकै उच्च हो । 

त्रैमासिक आधारमा अघिल्लो त्रैमासको तुलनामा अक्टोबर–डिसेम्बर अवधिमा रियल जीडीपी ३ प्रतिशतले बढेको छ । वार्षिक आधारमा भने यो वृद्धि १२ दशमलव ७ प्रतिशत रहेको छ । 

सरकारले टोकियो लगायत कयौं प्रिफेक्चरमा महामारी नियन्त्रण गर्न लगाएको दोस्रो आपतकालका कारण चालू त्रैमासमा भने अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ । 

पछिल्लो तथ्यांक सार्वजकि भएलगत्तै जापानको बेञ्चमार्क निक्केई परिसूचक ३० वर्षमा पहिलो पटक ३० हजार माथि पुगेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्