ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्सेको कारबाहीमा परेका ४ ओटा कम्पनीको शेयर कारोबार फुकुवा

२०७७ फागुन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार रोक्का गरेको चार ओटा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ ।

नेप्सेले वार्षिक प्रतिवेदन नबुझाएको भन्दै माघ २६ गतेदेखि ११ ओटा कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । 

कारोबार रोक्का भएका ११ ओटा कम्पनीमध्ये नेप्सेले ७ ओटा कम्पनीको शेयर कारोबार माघ २८ गते फुकुवा गरेको थियो । बाँकी चार ओटा कम्पनीको कारोबार भने सोमवारबाट फुकुवा गरिएको नेप्सेले जानकारी गराएको छ ।

नेप्सेले रैराङ हाइड्रोपावर कम्पनी लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था र नेपाल डेभलपर्स लिमिटेडको शेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेले माग गरे अनुसारका विवरण उपलब्ध गराएपछि कारोबार फुकुवा गरेको नेप्सेले जानकारी दिएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्