ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

८० लाखको लागतमा वडा कार्यालयको भवन निर्माण सम्पन्न

२०७७ फागुन, ३  
गण्डकी प्रदेश
Image Not Found
author avatar अर्जुन कार्की

फागुन ३, बागलुङ । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय निर्माण सम्पन्न भएको छ । 

स्थानिय संरचना भएपछि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडा कार्यालयले भवन निर्माण पछि आफ्नै कार्यालयबाट सेवा प्रवाह शुरु गरेको वडाअध्यक्ष धन बहादुर थापाले बताए । 

जिल्ला समन्वय समिति बागलुङको २० लाख र ताराखोला गाउँपालिकाको ६० लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको वडाअध्यक्ष थापाले जानकारी दिए । उनले स्थानिय धन बहादुर थापा र तलबिर रोकाले निःशुल्क जग्गा उपलब्ध गराइदिएपछि भवन निर्माण गरिएको जानकारी दिए । 

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । उनले स्थानिय तहको विकासको लागि नागरिक र जनप्रतिनिधिहरुले हातेमालो गरेमा मात्र सम्भव हुने बताउँदै विकासको लागि सबैलाई सहयोग गर्न आव्हान गरेका थिए । 

घर्तिले कतिपय ठाउँमा कुनै पनि संरचना निर्माणका लागि जग्गाकै अभाव भएर निर्माण हुन नसकेको बताए । उनले वडा नम्बर ४ ले जग्गा व्यवस्थापन गरी वडा कार्यालयको भवन निर्माण गर्नु वडाबासीको लागि सुखद पक्ष रहेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्