ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेलुङमा अनलाइनबाटै व्यक्तिगत घटना दर्ता शुरू

२०७७ फागुन, ४  
वाग्मती प्रदेश
NA

दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले पञ्जीकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइनबाट शुरू गरेको छ । गाउँपालिकाको वडा नं ६ र ७ बाट अनलाइन दर्ता प्रणालीको शुरुआत गरिएको हो । व्यक्तिगत घटना वडा कार्यालयमा समयमै दर्ता गराउन प्रोत्साहन गर्ने उद्देश्यले ३५ दिनभित्र घटना दर्ता गराएमा गाउँपालिकाले प्रोत्साहनस्वरूप रकम प्रदान गर्दै आएको छ । गाउँपालिकाका वडा नं ६ र ७ मा व्यक्तिगत घटना अनलाइनबाट दर्ता गराउन शुरू भइसकेको र सात दिनभित्र गाउँपालिकाका सबै वडामा सञ्चालन गरिने मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले जानकारी दिए ।

व्यक्तिगत घटना दर्ताका लागि आउने सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन अनलाइन घटना दर्ता शुरू गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले बताए । गाउँपालिकाको सबै वडा कार्यालयमा इन्टरनेट र सफ्टवयरको विकास गराई अनलाइन प्रणालीको शुरुआत गरेको उनको भनाइ छ । अनलाइन मार्फत नै घटना दर्ता गराउँदा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने उनले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्