ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विराट राजाको दरबार निर्माण गुरुयोजना बन्दै

२०७७ फागुन, ४  
प्रदेश ०१
NA

मोरङ । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिने तयारी अन्तिम चरणमा पु¥याएको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ ।

महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव संकलनसमेत गरेको छ ।

पुरातत्वका विषयमा दख्खल राख्नेले बनाएको गुरुयोजनामाथि विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वले बहस गरेका हुन् ।

लेखक तथा पुरातात्विक संरक्षण अभियानकर्मी लोकेन्द्रकुमार मल्ल, पण्डित भवानीशंकर निरौला, लक्ष्मीनारायण मन्दिर पाञ्चालिका पीठाधीश अच्युत प्रपन्नाचार्य, धार्मिक वक्ता रामानुज नेपाल, वास्तुविद् तथा सहरी योजनाकार पुरुषोत्तम डंगोल, सहरी योजनाकार उनम प्रधान, नेकपा युवा नेता सागर थापा, नेपाली कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपाने, साहित्यकार तथा समालोचक दधिराज सुवेदी, उद्योगी तथा व्यवसायी सुजन थापालगायतले आ–आफ्ना सुझाव दिएका थिए ।

महानगरपालिका प्रमुख भीम पराजुलीले विराट राजाको दरबारको संरक्षणसहित विकास गर्ने मुख्य योजनाका रूपमा अगाडि बढेको जानकारी दिए । पुरातात्विक महत्वका वस्तुलाई आधुनिकतासँग जोडेर त्यस क्षेत्रको विकास गर्ने योजना रहेको प्रमुख पराजुलीले उल्लेख गरे ।

आफ्नो कार्यकालमा यो अभियानको सुरुआत गरिएकाले उत्खननबाट फेला परेका विराट राजासँग सम्बन्धित वस्तुको संग्रहालयदेखि आधुनिक सुविधासहितको पार्क, खानपानका लागि व्यवस्थित फुडस्टल र विराटकालीन इतिहासको प्रदर्शन गर्ने डिजिटल हललगायत संरचना निर्माण गर्ने लक्ष्य महानगरले राखेको पराजुलीले बताए ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, विराट राजाको दरबार निर्माण समितिका संयोजक सुरेन्द्र गोल्छा, जसपाका नगर अध्यक्ष मो नसरुल, वडाध्यक्षहरू विनोद बस्नेत, देवेन्द्र पोखरेल, राजदेव यादव, धार्मिक अभियानकर्मी अनन्त पराजुलीलगायतको सहभागिता थियो ।

प्राचीन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकालीन भएको मानिन्छ । धार्मिक ग्रन्थमा समेत यो क्षेत्रबारे वर्णन छ । पाण्डव वनबासपछि एक वर्ष गुप्तबासका लागि विराट राजाको दरबारमा आई बसेका थिए ।

त्यतिबेलाको ३०/४० कोठाको दरबार र मन्दिर जमिनमुनि रहेको विश्वास गरिन्छ । यसको सम्पूर्ण रूपमा उत्खनन भने भएको छैन । प्रमुख पराजुलीकै पहलमा पुरातत्व विभागले सूचीमा दर्ता भने गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्