ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मूर्तिकलामा युवाको आकर्षण बढ्दै

२०७७ फागुन, ४  
प्रदेश ०१
NA

मोरङ । माटाका मूर्ति बनाउने पेसाप्रति युवा आकर्षण वृद्धि  भएको छ  । फागुन ४ गते मंगलबार पर्ने वसन्तपञ्चमी (सरस्वती) पूजाका लागि आवश्यक पर्ने मूर्तिहरू निर्माणमा बुबाकै पेसामा छोराहरूले पनि साथ दिइरहेका हुन् ।

मोरङको विभिन्न विद्यालय तथा सार्वजनिक स्थानमा धुमधामसँग मनाइने सरस्वती पूजाका लागि आवश्यक पर्ने मूर्ति निर्माणमा युवाहरूको संलग्नता उल्लेख्य देखिन्छ ।

सीपमा पोख्त मूर्ति कलाकारले मानिसले रोजेअनुसारका मूर्ति बनाएर बिक्री गर्छन् । यो पेसा बाह्रै महिना नचले पनि चाडपर्वको समय र खासगरी वसन्तपञ्चमीमा मनाइने सरस्वती पूजाका लागि मूर्तिहरू अत्यधिक बिक्री हुन्छन् ।

यसबाट राम्रो आम्दानी हुन थालेपछि शिल्पकारका सन्तान पनि यसैमा आवद्ध हुन थालेको पाइएको छ ।

श्रम धेरै र लागत कम लाग्ने यस व्यावसायका मानिसले माटो संकलन गर्छन र त्यसमा भुस हालेर माटो मलेर मूर्ति बनाउँछन् । मूर्ति बनाउँदा सोहीअनुसारको रङरोगन गर्ने मूर्ति कलाकार मोरङको कटहरी गाउँपालिका–६ का  १७ वर्षीय प्रदीप यादवले जानकारी दिए । उनले पाँच वर्षदेखि बाबुले  मूर्ति बनाउने काममा सहयोगीको रूपमा कार्य गरिरहेको र अहिले  राम्रो आम्दानी आर्जन भइरहेको बताउँछन् ।

माध्यमिक शिक्षा परीक्षा सम्पन्न गरेका  उनले  मूर्तिकला विषय लिई अध्ययन गर्ने र  उत्कृष्ट कलाकारका बन्ने सोच रहेको सुनाए ।

उनका बुबा ४० वर्षीय शम्भु यादव १० वर्षदेखि मूर्ति बनाउने पेसामा संलग्न छन् । सुनसरीको इनरुवाका रहेका प्रवचन गुरु स्व. हन्सी दासको सहयोगीको रूपमा कार्य गरी यस कलामा दक्षता हासिल गरेको र अहिले आफंैले मूर्ति बनाएर बिक्री गर्दै उनी बताउँछन्  ।  

मोरङको कटहरी गाउँपालिका–४ नयाँ बजारमा बहालमा लिएको जग्गामा चार सहयोगीका साथ अहिले  सरस्वतिको मूर्ति निर्माणमा अन्तिम रूप दिइरहेका छन् ।  

मूर्ति निर्माणका लागि कच्चा पदार्थको रूपमा माटो, पराल, सुत्ली (सनपाटको डोरी), काँटी, सनपाट, सजावटको कपडा, मुकुट, कपाल (केस), विभिन्न किसिमका रङ, नक्कली गहना आवश्यक पर्ने उनको भनाइ छ ।

आवश्यक पर्ने कच्चा पदार्थमध्ये बाँस, माटो, सुत्ली, काँटी र श्रम मात्र स्वदेशी रहेको अन्य सम्पूर्ण सामग्री भारतको बिहार तथा पश्चिम बंगालबाट खरिद गर्नुपर्ने उनले
जानकारी गराए  ।

कोरोना महामारीका कारण गत वर्षजस्तो यस वर्ष माग नरहेको बताउँदै पहिला नै माग गरेअनुसार मूर्ति निर्माण गरिरहेकोे उनको भनाइ छ । कोरोना सन्त्रासको कारण यस वर्ष सार्वजनिक स्थानमा युवाहरूले ठूलो उत्सवको रूपमा सरस्वति पूजा मनाउने कार्य नगरेकाले मूर्ति बिक्रीमा कमी आएको अनुभव उनले सुनाए    ।
उनले विभिन्न चाडपर्व र उत्सवका लागि  सिमेन्ट तथा माटोको मूर्ति निर्माणका लागि स्थलगत रूपमा विराटनर, मोरङका सबै ग्रामीण क्षेत्र, सप्तरी, सुनसरी र झापामा गई मूति बनाउने गरेको जानकारी उनले दिए ।

उनले  कृष्णाष्टमीको, दसैंमा माता दुर्गाको, छठ, जितिया, भगवान् अनन्त, भगवान् विश्वकर्मा, एकादशीमा भगवान् विष्णुको, सलेस, राम नवमीलगायतका  पर्वमा मूर्ति बनाउन माग आउने गरेको बताए ।

२ हजार ५ सयदेखि ८  हजार रुपैयाँसम्मका मूर्ति बेच्दै आएको उनको भनाइ छ । मूर्तिको आकारअनुसार मिहिनेत अद्यावधिक लाग्ने हुनाले यसमा ७५ प्रतिशत मुनाफा हुने गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्