ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

८० लाख लागतमा वडा कार्यालयको भवन निर्माण

२०७७ फागुन, ४  
गण्डकी प्रदेश
NA

बागलुङ (अस) । बागलुङको ताराखोला गाउँपालिका–४ को वडा कार्यालय निर्माण गरिएको छ । कार्यालय यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । भवन निर्माणपछि सेवा प्रवाह थप सहज हुने वडाध्यक्ष धनबहादुर थापाले बताए ।

जिल्ला समन्वय समिति बागलुङको २० लाख र ताराखोला गाउँपालिकाको ६० लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको वडाअध्यक्ष थापाले जानकारी दिए । स्थानीय धनबहादुर थापा र तलबिर रोकाले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएपछि भवन निर्माण गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले वडा कार्यालय भवनको उद्घाटन गरेका थिए । स्थानीय तहको विकासका लागि नागरिक र जनप्रतिनिधिले हातेमालो गरेमा मात्र सम्भव हुने बताए । स्थानीय तहका कतिपय भौतिक संरचना निर्माण जग्गा अभावकै अघि बढ्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्