ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन हुने

२०७७ फागुन, ४  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच सोमवार सम्झौता भएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत बेहोर्ने सम्झौता भएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।

विमानस्थलको १ हजार ६८५ मिटर रनवे कालोपत्र गरिनेछ । विमानस्थलको सुुरक्षाका लागि तारवार गर्ने कार्य पूरा भएको छ । विमानस्थल सञ्चालनका लागि यसअघि सम्भाव्यता अध्ययनको कार्यसँगै लागत अनुमानको कार्य गरिएको थियो । २०२५ सालमा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण २०५५ देखि बन्द अवस्थामा छ । विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने व्यवसायीको अपेक्षा छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्