ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

न्यूनतम रोजगारका लागि फागुन मसान्तसम्म निवेदन दिनुपर्ने

२०७७ फागुन, ४  
रोजगारी
Image Not Found

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुन आइतवारदेखि निवेदन संकलन शुरू भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोवास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् ।     

सूचीकृत बेरोजगारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम १०० दिनको रोजगारी प्राप्त गर्नेछन् । न्यूनतम रोजगारी प्रदान गरी विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने सहयोग पुर्‍याउने उद्देश्यले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।   
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बेरोजगार व्यक्ति सूचीकरणका लागि परिपत्र गरेको छ । बेरोजगार व्यक्तिका र निजका परिवारको यथार्थ र सम्पूर्ण विवरण संकलन गरी वास्तविक लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाउन श्रम मन्त्रालयले आग्रह गरेको छ । यस कार्यक्रम अन्तर्गत सञ्चालन हुने न्यूनतम रोजगारीले गरीब तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षा र संरक्षण प्रदान हुने मन्त्रालयले बताएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

PURNIMA LUNGELI MAGAR

[Dec 12, 2021 06:43am]

Respected Sir/ Madam,I am a student who is in search of job opportunities. I saw this post and I also wanted to give my feedback and I really need a job. Thank you.


User Image

Bishnu Devkota

[Feb 22, 2021 03:10am]

काम कहिले सम्म



   

Nepali PatroRiddhi Siddhi Cement