ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नयाँबसपार्क–कुलेश्वर कोरिडोर कालोपत्र गरिँदै

२०७७ फागुन, ४  
वाग्मती प्रदेश
Image Not Found

काठमाडौं । काठमाडौंको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमती कोरिडोर सडक कालोपत्रको काम शुरू गरिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विष्णुमती नदी किनारामा पर्खाल लगाउने तथा सडक कालोपत्रको काम शुरू गरेको हो । काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रको जिम्मा पाएको सीएम–पीआर जेभी निर्माण सेवाले धमाधम काम गरिरहेको छ ।

निर्माण सेवाका इञ्जिनीयर महेश्वर खड्काले २०७८ जेठ ७ गतेभित्र सम्पन्न गर्नेगरी नयाँबसपार्कदेखि कुलेश्वरसम्मको ३ दशमलव ५ किलोमिटर स्तरोन्नति भइरहेको जानकारी दिए । ‘हालसम्म नयाँ बसपार्कदेखि बालाजुसम्मको एक किलोमिटर र शोभाभगवती क्षेत्रमा ५०० मिटर सडक कालोपत्र सम्पन्न भइसकेको छ,’ उनले भने ।

उक्त सडक कालोपत्रसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु, शोभाभगवती हुँदै कालीमाटीसम्म सवारीसाधन आवतजावतमा सहज हुनेछ । नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले २०७६ चैत २१ गते उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका लागि कार्ययोजना तयार गर्दै उपत्यकाका मुख्य खोला किनारामा कोरिडोर निर्माण शुभारम्भ गरेका थिए ।    

सोही समयमा विष्णुमती कोरिडोरसँगै बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको कोरिडोरसमेत सञ्चालनमा ल्याइएको थियो । नयाँबसपार्क–कुलेश्वर कोरिडोर निर्माणका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको १३ करोड ४९ लाख २५ हजार खर्च हुनेछ । उक्त कोरिडोरमा नयाँ बसपार्क, शोभाभगवती, डल्लु, कुलेश्वरमा चारओटा अण्डरपास हुनेछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने सवारी जाम कम गर्न कोरिडोरले महŒवपूर्ण सहयोग पुग्ने बताए । ‘कोरिडोर निर्माणसँगै विष्णुमती कोरिडोरका सडकमा हुने सवारी जाममा कमी आउँछ,’ उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३५ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन्, जसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ लाखभन्दा बढी चल्ने गर्छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्