काठमाडौं (अस) । ग्राहकलाई स्वास्थ्यसम्बन्धी विभिन्न क्रियाकलापमा सहुलियत दिने उद्देश्यले कुमारी बैंकले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरेको छ ।
सम्झौतापछि बैंकका खातावाल सेवाग्रहीले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा ५ प्रतिशत, त्रैमासिक सदस्यतामा १० प्रतिशत, अर्धवार्षिक सदस्यतामा १५ प्रतिशत तथा वार्षिक सदस्यतामा ३० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
कुमारी बैंकका सेवाग्रहीले कुमारीपाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यो सुविधाबाट लाभ लिन सक्नेछन् ।
हाल बैंकले १ सय ९२ शाखा, १ सय ६२ एटीएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।