काठमाडौं (अस) । समृद्धि फाइनान्स कम्पनीले बीओके क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । फाइनान्सको हालै सम्पन्न साधारणसभाले २ः१ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।
फाइनान्सले प्रतिशेयर रु. १०० दरका २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
हाल समृद्धि फाइनान्सले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङलगायत सुविधा काठमाडौं, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखामार्फत प्रवाह गर्दै आएको छ ।