ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एजली वासर ड्रायर वासिङ मेसिन बजारमा

२०७७ फागुन, ४  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालमा एलजी इलेक्ट्रिक सामग्रीको  अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्सले विभिन्न मोडलका वासिङ मेसिन नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीका अनुसार यी मेसिनमा ८ देखि १८ केजीसम्मको लुगा धुने क्षमता र ५ देखि १० केजीसम्मको लुगा शतप्रतिशत समयमै सुकाउने सुविधा छ । यी वासिङ मेसिनको प्रयोग गरेर लुगा धुलाइ गर्दा दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याबाट मुक्त पाउन सकिने कम्पनीको दाबी छ ।

मेसिनले कपडाको किसिम र तौलसमेत पत्ता लगाई धुलाइ गर्ने हुँदा लामो समयसम्म कपडा च्यातिने डर कम हुने कम्पनीको भनाइ छ । वातावरण अनुकूलित प्रविधि जडान गरिएकाले बिजुली, पानी र समयको समेत बचत हुने यी वासिङ मेसिनमा १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्