काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सभा सम्पन्न भएको हो ।
सभाले पारित गरेका विविध प्रस्तावमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष ०७५/७६ को वासलात, नाफा नोक्सान, आयव्ययलगायत रहेका छन् । सभाले लेखापरीक्षणका लागि वर्तमान लेखापरीक्षक देवकी विजय एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।