काठमाडौं, (अस) । स्याकार टेड्रिङ कम्पनीका सञ्चालक सौरभ ज्योतिले मोटरसाइकल पारखीलाई पृथक अनुभव प्रदान गर्न एसजे मोटो स्थापना गरेका छन् । उक्त एसजे मोटोमा सुपरबाइकका साथै नेपालको इतिहास बोकेका केही ऐतिहासिक मोटरसाइकल संकलन गरिएको छ ।
मोटरसाइकल पारखीले उक्त ठाउँमा सुपरबाइक अवलोकन गर्नुका साथै सोही ठाउँमा रहेको क्याफेमा कफी र नेपालको संस्कृति झल्कने खानेकुराको पनि आन्नद लिन सक्नेछन् ।
नेपालकै नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रूपमा स्थापित यस एसजे मोटोको रिटेल सेक्सनमार्फत ग्राहकले नयाँ तथा रिकन्डिसन सुपरबाइक खरिद गर्नुका साथै विभिन्न ब्रान्डका अफिसियल मर्कन्डाइज लुगा लगायत मार्बल तथा डीसीका सामानसमेत खरिद गर्न सक्नेछन् ।