ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रिमियर इन्स्योरेन्स कम्पनी : कम्पनी प्रोफाइल (मंगलवार, ४ फागुन २०७७)

२०७७ फागुन, ४  
लगानी कम्पनी विश्लेषण
Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ गुणा वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रु. ८ करोड ९३ लाख नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. १८ करोड ६९ लाखभन्दा बढी पुगेको हो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी ५४ प्रतिशले वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । सोही अवधिमा कम्पनीले रु. ८९ करोड ९० लाख बीमाशुल्क आर्जन गरेको छ ।  सोमबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. १ हजार २८० कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ५९ दशमलव ६३ विन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २७ दशमलव ८७ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखाले १४ दिने मूल्यरेखालाई काटेर मुनि झरेको छ ।

सोमबारको शेयर मूल्य रु. १ हजार २८० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार १३० मा टेवा पाउने र महँगिए रु. १ हजार ३०२ मा प्रतिरोध पाउने देखिन्छ ।

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्