ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हिमालयन जनरल इन्स्योरेन्सले गर्‍यो ६.७५% लाभांश प्रस्ताव 

२०७७ फागुन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष कुल ६ दशमलव ७५ प्रतिशत लाभांश दिने भएको छ । 

कम्पनीले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको फागुन ३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्