ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

२०७७ फागुन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने फागुन आज (मंगलवार) अन्तिम दिन रहेको छ । माघ ३० गते शुक्रवारदेखि आईपीओ विक्री खुला गरेको यस कम्पनीले आईपीओमा सोमवारसम्म मागभन्दा करीब ५० गुणा बढी आवेदन परिसकेको छ । 

आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार सोमवार साझ ५ बजेसम्म १२ लाख १ हजार ८९० जनाबाट १ करोड ८५ लाख ३५ हजार १०० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा ४९ दशमलव ४२ गुणा बढी हुन आउँछ । 

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो । कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । 

उक्त आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । 

साथै, मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूर रेटिङ डबल बी प्रदान गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्