ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

५ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेको राष्ट्रिय बीमा संस्थानको नाफा २४ प्रतिशत घट्यो 

२०७७ फागुन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । राष्ट्रिय बीमा संस्थानले फागुन ४ गते चालू आर्थिक वर्षको ६ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिसम्म रू. २ करोड ६७ लाख ९४ हजार खुद नाफा गरेको छ । 

गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष भने संस्थानको खुद नाफा २४ प्रतिशत घटेको हो । गत वर्ष संस्थानले यस अवधिसम्म रू. ३ करोड ५३ लाख ४६ हजार खुद नाफा गरेको थियो ।
सर्वसाधारणलाई आईपीओ जारी गरी थप पूँजी बोनस शेयर र हकप्रद मार्फत कायम गर्ने योजना बनाएको कम्पनीले पछिल्लो आर्थिक वर्षको वार्षिक लेखापरिक्षण सम्पन्न नगर्दा हालसम्म तोके बमोजिमको पूँजी कायम भएको छैन । 

जीवन बीमा कम्पनीका लागि तोके बमोजिम रू. २ अर्ब पूँजी कायम गर्नुपर्ने अवस्थामा हाल संस्थानको चुक्तापूँजी रू. १८ करोड १० लाख २० हजार रहेको छ ।  
जगेडा कोष रकम गत वर्षभन्दा १९ प्रतिशत बढी रू. ३१ करोड २६ लाख ४२ हजार रहेको कम्पनीको जीवन बीमा कोषमा रू. ३ अर्ब ७२ करोड ९ लाख १० हजार रहेको छ । 

जीवन बीमा कोष रकम गत वर्षभन्दा यस वर्ष २२ प्रतिशत बढी कायम भएको हो । यो ६ महीनासम्म संस्थानले रू. ५ अर्ब ६८ करोड २५ लाख ८३ हजार खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत वर्षको यसै अवधिसम्म रू. ५ अर्ब ६९ करोड ३१ लाख ३१ हजार थियो । खुद बीमाशुल्क गत वर्षभन्दा शून्य दशमलव १९ प्रतिशत कम संकलन भएको हो । 

संस्थानले गत वर्षभन्दा यस वर्ष करिब ६ प्रतिशत बढी रू. १ अर्ब ४४ करोड ४२ लाख १५ हजार खुद दाबी भुक्तानी गरेको छ । बीमालेख धितोमा रू. ४० करोड १ लाख ३७ हजार कर्जा प्रवाह गरेको छ । 

बीमालेख धितोकर्जा गत वर्षभन्दा यस वर्ष ७५ प्रतिशत कम प्रवाह भएको हो । गत वर्ष यस अवधिसम्म संस्थानले रू. १ अर्ब ६२ करोड ४७ लाख ८७ हजार यो कर्जा प्रवाह गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्