ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मंगलवार पहिलो घण्टामा ४०.८४ अंकले बढ्यो नेप्से (१२ बजेको अपडेट) 

२०७७ फागुन, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । मंगलवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४० दशमलव ८४ अंकले बढेर २ हजार ६२६ दशमलव ८५ विन्दुमा पुगेको छ ।   

२ हजार ६१५ दशमलव ३६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ५८ प्रतिशतले बढेको हो । 

कारोबारको पहिलो घण्टामा मिर्मिरे माइक्रोफाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालय उर्जा विकास र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको २४ हजार १६९ पटकको कारोबारमा ५४ लाख ३४ हजार ५१८ कित्ता शेयरको रू. ३ अर्ब १७ करोड २९ लाख बराबरको खरीदविक्री भएको छ ।

यस अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २६ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३८० मा कारोबार भइरहेको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स, जलविद्युत, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्