फागुन ४, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४५२ पुगेको हो । यो समचार तयार पार्दासम्म मार्केट डेप्थमा २६ लाख ५० हजार ९४३ कित्ता शेयर खरीद अर्डर छ भने विक्री अर्डर एउटा पनि छैन ।
कम्पनीको शेयरमूल्य आइतवारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । सोही दिनदेखि नै कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ । नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि रू. ११३ दशमलव ६२ देखि ३४० दशमलव ८६ मूल्य रेञ्ज तोकेको थियो ।
कम्पनीको शेयर गत आइतवार पहिलो कारोबार रू. ३४० मा ओपन भएको थियो । यस कम्पनीको शेयर धेरैमा ५० देखि ६० कित्ता माग गरे बमोजिम ५० भन्दा तल आवेदन दिएका आवेदकले आवेदन दिएअनुसार पाएका थिए ।