फागुन ४, काठमाडौं । केही दिनदेखि लगातार रुपमा घटेको सुनको भाउ मंगलवार भने बढेको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. २०० ले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९० हजार ९०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला रू. एक हजार ३४० मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार ३६० मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. २० ले बढेको हो ।