फागुन ४, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध गर्नेबारे द्विपक्षीय सम्झौता भएको छ ।
कम्पनीको हालै सम्पन्न साधारण सभाले २ : १ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपियाँ दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
सो सम्बन्धी कार्य गर्नका लागि कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटललाई नियुक्त गरेको हो ।
हाल कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सुविधाहरु काठमाडौ, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखाहरु मार्फत गर्दै आएको छ । निकट भविष्यमा थपशाखा सञ्जाल विस्तार गर्ने योजना पनि रहेको कम्पनीले बताएको छ ।
उक्त कम्पनीले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गर्दै आएको बताएको छ ।