फागुन ४, चितवन । लक्की मिडिया हाउस चितवनको पांँचौ वार्षिकोत्सवको अवसरमा सोमवार चितवन जिल्लामा कार्यरत अभियानकर्मी सूर्यप्रसाद अधिकारी सम्मानित भएका छन ।
अधिकारीलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम मार्फत समाज रुपान्तरण र विकासमा कलम चलाएको भन्दै सम्मान गरिएको हो । यस्तै दुईदशकदेखि चितवनमा रहेर रेडियो पत्रकारिता मार्फत भूमिका खेल्ने दिनेश श्रेष्ठ पासालाई पनि सम्मान गरिएको छ ।
भरतपुरमा आयोजित कार्यक्रममा पत्रकारद्वय अधिकारी र श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
सो अवसरमा चिकित्सक,शिक्षाकर्मी, व्यवसायी , समाजसेवी र खेलाडीहरु पनि सम्मानित भएका थिए । सो अवसरमा बोल्दै लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनाएको बेला वार्षिकोत्सवको अवसरमा समाजका विभिन्न क्षेत्रका व्यत्तित्वहरुलाई सम्मान गर्न पाउंँदा आफू अत्यन्त खुशी भएको बताए । ‘कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त र धराशायी छ , कार्कीले भने, सम्मानले उहांँहरुलाई केही उत्साह र उर्जा मिल्ने हाम्रो विश्वास छ । ’
कार्यक्रममा नेपाली कांँग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी, काँग्रेसका युवा नेता राजकुमार राजभण्डारी ,नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ लगायत उद्योगी व्यवसायी, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
सो अवसरमा साहित्यकार झमक घिमिरेद्वारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको थियो ।