ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोस्रो घण्टामा ३०.९४ अंकले बढ्यो नेप्से, ४ कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि

२०७७ फागुन, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । मंगलवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ३० दशमलव ९४ अंकले बढेर २ हजार ६१६ दशमलव ९४ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव २० प्रतिशतले बढेको हो । 

कारोबारको दोस्रो घण्टामा मिर्मिरे माइक्रोफाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक, निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । 

दोस्रो घण्टाको अवधिमा २०४ ओटा कम्पनीको रू. ५ अर्ब ६४ करोड ८ लाख ४३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३८ करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३७७ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४९५ मा रू. २४ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्