फागुन ४, काठमाडौं । मंगलवार कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक १७ दशमलव १३ अंकले बढेर २ हजार ६०३ दशमलव १४ विन्दुमा पुगेको छ ।
शून्य दशमलव ६६ प्रतिशतले बढेको बजारमा २०६ ओटा कम्पनीको रू. ७ अर्ब ४६ करोड ८६ लाख ९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी व्यापार, होटल्स, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ
यस अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४५ करोड १२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३६० मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४९७ मा रू. ३१ करोड ७९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।