ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डब्लूएचओले  मान्यता दियो अस्त्रजेनेकाको खोपलाई 

२०७७ फागुन, ४  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ४,  जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अक्सफोर्ड–अस्त्रजेनेकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लूएचओले विश्वास लिएको छ ।     
अस्त्रजेनेकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न डब्लूएचओको अनुमतिले सहज बनाएको छ । डब्लूएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ ।     

डब्लूएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्स मार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ । अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् ।     

भारत र दक्षिण कोरियाबाट अस्त्रजेनेकाको करीब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ । यो खोप कोभाक्समा आबद्ध करीब १४५ ओटा मुलुक सहभागी छन् ।

यस खोपबाट सन् २०२१ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको करीब ३ दशमलव ३ प्रतिशतलाई खोप लगाउन पर्याप्त हुनेछ । कोभाक्सका लागि सेरम इन्स्टिच्यूटबाट अस्त्रजेनेकाको २४ करोड, दक्षिण कोरियाबाट अस्त्रजेनेकाको ९ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ । यी खोपहरु दुई डोज लगाउनु पर्दछ ।     

६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि अस्त्रजेनेकाको खोप लगाउन मिल्ने डब्लूएचओले जनाएको छ । डब्लूएचओको विज्ञ सल्लाहकार समूहको बैठकले अस्त्रजेनेकाको खोप ६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि दिन सिफारिस गरेको छ ।     

यसअघि पर्याप्त तथ्याँकको अभावमा खोपको प्रभावकारिता आँकलन गर्न कठिन भएको पनि डब्लूएचओले स्वीकार गरेको छ । रासस/ एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्