ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समयमै आवश्यक कागजात नबुझाउने ६ ओटा कम्पनीको आवेदन धितोपत्र बोर्डले  पाइपलाइनबाट हटायो 

२०७७ फागुन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमै आवश्यक कागजात नबुझाउने छ ओटा कम्पनीको आवेदन पाइपलाइनबाट हटाएको छ । 

आईपीओका लागि शुभम पावर, ईमर्जिङ नेपाल, तेह्रथुम पावरसँगै हकप्रद शेयरका लागि बरुण हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट र ङादी ग्रुप पावर कम्पनीले दिएको आवेदन बोर्डले पाइपलाइनबाट हटाएको हो । 

शुभव पावर लिमिटेडले ५ लाख ८० हजार ५८० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न विसं २०७५ साल भदौ २७ गते बोर्डमा निवेदन दिएको थियो । त्यस्तै ईमर्जिङ नेपालले ५ लाख कित्ता आईपीओ निष्कासनका लागि विसं २०७६ जेठ २३ गते र तेह्रथुम पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न विसं २०७६ साल असोज १३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । 

बरुण हाइड्रोपावरले विसं २०७५ साल जेठ २२ गते र हाइड्रो इलेक्ट्रिसिटीले विसं २०७६ साल असार ३१ गते १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्न बोर्डमा निवेदन दिएका थिए । ङा्दी ग्रुप पावरले १० बराबर ३ को अनुपातमा हकप्रद विक्री गर्न २०७५ पुस २३ गते निवेदन दिएको थियो ।

कम्पनीहरुलाई सार्वजनिक निष्कासनमा पनि कडाई गर्न बोर्डले आवश्यक कागजात माग गरेको छ महीनाभित्र पेश नगर्नेको आवेदन पाइपलाईनबाट हटाइने बताएको छ । 

बोर्डका सहायक प्रबक्ता रुपेश केसीले लामो समयदेखि आवेदन दिएर प्रक्रिया पुरा नगरेका कम्पनीहरुलाई नयाँ थप विवरणसहित फाइल अद्यावधिक गर्ने गरी आवेदन पाइपलाइनबाट हटाएको जानकारी दिए ।

लामो समयदेखि पाइपलाईनमा रहेका  ती कम्पनीहरुसँग आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ महीना वितिसक्दा पनि प्राप्त नभएकाले यो प्रक्रिया अपनाइएको केसीको भनाइ छ ।

ती कम्पनीहरुले आवश्यक कागजात पेश गरेको अवस्थामा प्रक्रिया पुनः अघि बढ्नेसमेत सहायक प्रबक्ता केसीले प्रष्ट पारेका छन् । उनले ती कम्पनीहरुको आवेदन रद्द गरेको हैन, पाइपलाइनबाट मात्र हटाइएको भनेका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्