ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डब्ल्यूटीओको पहिलो महिला महानिर्देशक बन्दै न्गोजी ओकोनजो इवीला 

२०७७ फागुन, ४  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन ४, जिनेभा (स्वीटजरल्याण्ड) । विश्व व्यापार संगठन (डब्ल्यूटीओ)ले न्गोजी ओकोन्जो–इवीलालाई महानिर्देशक नियुक्त गरेको छ ।

संगठनको साधारण परिषद्ले सोमवार सर्वसम्मत रुपमा सातौं महानिर्देशकका रुपमा नाइजेरियाकी ओकोन्जो–इवीलाको नियुक्तलाई मञ्जुरी दिएको हो । मार्च १ देखि उनले आफ्नो कार्यभार सम्हाल्नेछिन् ।

उनको कार्यकाल सन् २०२५ को अगष्ट २५ सम्म रहनेछ । उनी डब्ल्यूटीओको महानिर्देशक बन्ने पहिलो महिला मात्रै नभएर पहिलो अफ्रिकी पनि हुनेछिन् । 
यो संगठनको लागि महत्वपूर्ण क्षण भएको ओकोन्जो–इवीलाले बताइन् ।

आफ्नो मुख्य प्राथमिकता कोभिड–१९ को महामारीका कारण उत्पन्न भएको आर्थिक र स्वास्थ्य समस्या तत्कालै सम्बोधन गर्न सदस्य देशहरुसँग मिलेर काम गर्नु भएको उनको भनाइ छ । 

६६ वर्षिय ओकोन्जो–इवीलाले अमेरिकाको म्यासाचुसेट्स इन्ष्टिच्यूट अफ टेक्नोलोजीबाट अर्थशास्त्रमा विद्यावारिधी गरेकी छिन् । उनी सामु अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध र कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा पुगेको क्षति कम गर्ने चुनौती रहेको छ । उनीसँग २५ वर्ष बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकमा काम गरेको अनुभव पनि छ । 

कोरोना भाइरसको महामारीबीच रोबर्टो एजवेडोले मेमा अप्रत्याशित रुपमा राजिनामाको घोषणा गरेपछि महानिर्देशकको पद खाली रहेको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्