फागुन ४, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न चैत ५ गते साधारण सभा बोलाएको छ ।
कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले २१ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन १४ गते देखि चैत ५ गतेसम्म बन्द गर्ने कम्पनीले बताएको छ । फागुन १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।