ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रदेश नं १ को लगानी प्राधिकरण बीच समझदारी

२०७७ फागुन, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र प्रदेश नं १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण बीच मंगलवार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा भएको सो समझदारीपत्रमा कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र  प्राधिकरणकोतर्फबाट निर्देशक डा सरोज कोइरालाले हस्ताक्षर गरेका छन् ।  
     
प्रदेशमा हालै मात्र गठन भएको प्राधिकरणले ६० ओटा योजना पहिचान गरी सूचीकृत गरिसकेको छ भने यसमा लगानी स्वदेशी तथा विदेशी लगानी कम्पनी सहभागी हुने भनिएको छ । सीमित साधन र स्रोतले प्रदेशको आकांक्षा पूरा गर्न समस्या हुने भएकाले नै लगानी प्राधिकरण गठन गरिएको छ र यसबाट स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।     
     
मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को विकास र समृद्धिको बाटोमा लगानीकर्ताको ध्यान केन्द्रित भएको बताएका छन् । उनले लगानी तथा वित्तीय व्यवस्थापनमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे।

सूचीकृत योजनालाई मूर्तरुप दिन इन्फ्रास्ट्रक्चर बैंक र प्राधिकरणले सही मार्गमा लैजाने बताउँदै मुख्यमन्त्री राईले प्रदेशमा पहिलोपटक प्राधिकरण गठन भएको जानकारी दिए।     
     
सो अवसरमा कम्पनीका कार्यकारी अधिकृत खतिवडा र प्राधिकरणका निर्देशक कोइरालाले प्रदेशको सूचीकृत योजनालाई समयमै सम्पन्न गर्न लगानीकर्तालाई प्रोत्साहन गर्ने बताए।

मुलुकको आर्थिक विकासका लागि पूर्वाधार परियोजनालाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्य लिई सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित कम्पनीले अन्य प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने बताइएको छ ।     

सोही कार्यक्रममा निर्देशक डा सरोज कोईरालाले प्रदेश नं १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्ट लगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भैसकेको जानकारी गराए।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्