ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य

२०७७ फागुन, ४  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि कुमारी बैंक लिमिटेड र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । 

उक्त सहकार्य अन्तर्गत ठमेल पर्यटन विकास परिषदमा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीहरुलाई उक्त कर्जा सुविधा प्रदान गरिने छ । 

यसरी प्रदान गरिने अधिविकर्ष तथा चालूपूँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम रू. १५ लाख रहने छ । उक्त कर्जाहरु व्यवसायको सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने छ ।

कम्पनीले १९२ शाखा सञ्जाल, १५६ एटिएम, २३ ओटा शाखा रहित बैंकिङ ईकाई र १३ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्