ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लक्ष्मी बैंकले शुरु गर्‍यो स्मार्ट फोनलोन सेवा

२०७७ फागुन, ४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । लक्ष्मी बैंकले एफ्-वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा शुरु गरेको छ । 

स्मार्ट फोनलोन एक कर्जारुपी सेवा हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एपबाटै अधिकतम रू. २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्नेछ ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउने योजना कम्पनीको रहेको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा सञ्चालनमा ल्याएको हो । 

यो कर्जा पूरै डिजिटल मैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पूर्व स्वीकृत हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ । 

सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने वित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्