फागुन ४, टोकियो (जापान) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ मंगलबार पहिलो पटक प्रतिगोटा ५० हजार डलरमाथि उक्लिएको छ । टेस्ला, मास्टरकार्ड र बीएनवाई मेलन जस्ता ठूला कम्पनीहरुले क्रिप्टोकरेन्सीप्रति समर्थन देखाएपछि भर्चुअल मुद्राको भाउ आकाशिएको हो ।
मंगलबार बिहान ७ः३० बजेतिर प्रतिगोटा बिट्क्वाइनको भाउ ३ प्रतिशतभन्दा धेरैले बढेर ५० हजार ४८७ डलरको उच्च विन्दुमा उक्लिएको थियो ।
पछिल्लो समय देखिएको क्रिप्टो बुललाई कयौं क्रिप्टो लगानीकर्ताहरुले सन् २०१७ को अन्त्यतिर देखा परेको भन्दा फरक बताइरहेका छन् । एजेन्सी