ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७७ फागुन, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । नेपाल आयल निगमले पट्रोलियम पदार्थको मूल्य पुन : बढाएको छ ।

निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य बढाएको हो ।

निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई ईन्धनको मूल्य प्रति लिटरमा रू. २ का दरले बढाएको हो । 

मूल्य वृद्धिपछि पेट्रोलको मूल्य रू. ११४, डिजेल र मट्टीतेलको मूल्य रू. ९७, र हवाई ईन्धनको मूल्य प्रति लिटर रू. ६७ पुगेको छ ।

निगमले यस अघि माघ २८ गते पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको थियो । निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्