ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लक्ष्मी बैंकको स्मार्ट फोनलोन सेवा

२०७७ फागुन, ५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट फोनलोन एक कर्जारुपी सेवा हो, जसअन्तर्गत योग्य ग्राहकले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम रु. २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेयरले गर्ने बैंकले जनाएको छ ।

हाल यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकका लागि हुनेछ भने विस्तारै सेवा अन्य ग्राहकका लागि पनि उपलब्ध गराउने योजना बैंकको छ । सेवालाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सेवा सञ्चालनमा ल्याइएको बैंकले बताएको हो ।

यो कर्जा पूरै डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदनबिनै लिन सकिनेछ भने यो पूर्वस्वीकृति हुने हुँदा कुनै धितोबिना प्रदान गरिनेछ । सो कर्जा अधिकतम ३० दिने अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुनेबित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्