काठमाडौं (अस) । निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले काठमाडौंको मालिगाउँ, कालोपुलस्थित अर्किड गार्डेन नेपालमा रहेका १ सय ५० जना बालबालिकालाई स्टेसनरी सामान हस्तान्तरण गरेको छ ।
श्रीपञ्चमी अवसर पारेर कम्पनीले बालबालिकालाई सामान वितरण गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले बालबालिकालाई स्टेसनरी सामान हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्वअन्तर्गत बेलाबेला विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको कम्पनीले बताएको छ ।