ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कुमारी बैंक–ठमेल पर्यटन विकास परिषद् सहकार्य

२०७७ फागुन, ५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषद्बीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउन सहकार्य भएको छ ।

सहकार्यअन्तर्गत ठमेल पर्यटन विकास परिषद्मा आबद्ध रजिस्टर्ड सदस्य व्यवसायीलाई उक्त कर्जा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायीको कारोबार पुनर्जागरणका लागि यस्तो समझदारी गरिएको बैंकले बताएको छ । यसरी प्रदान गरिने अधिविकर्ष तथा चालु पुँजी कर्जालगायत आवधिक कर्जाको सीमा अधिकतम रु. १५ लाख हुनेछ । कर्जा व्यवसाय सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ ।

हाल बैंकले १ सय ९२ शाखा, १ सय ५६ एटीएम, २३ शाखारहित बैंकिङ इकाइ र १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्