ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बाराको जीतपुरमा अग्नि ग्रुपको सर्भिस सेन्टर

२०७७ फागुन, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि महिन्द्रा फोर ह्वीलरको अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले बाराको जीतपुर–सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोर ह्वीलर सवारी साधनको आधिकारिक सर्भिस सेन्टर खोलेको छ ।

‘सिमरा अटो जोन’ यस क्षेत्रका लागि बालाजु अटोवक्र्सको अधिकृत डिलर भएको कम्पनीले बताएको छ । सर्भिस सेन्टर उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनाल र बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रूपमा गरे ।

कार्यक्रमा सिमरा अटो जोनका प्रबन्ध निर्देशक राजेशकुमार क्षेत्री र स्थानीय प्रतिनिधिको उपस्थिति थियो । ‘यो सेवा केन्द्र स्थापनाको उद्देश्य बारा एवं यस क्षेत्र वरपरका ग्राहकलार्ई सेवा पु¥याउनु हो’, कम्पनीको विज्ञप्तिमा भनिएको छ । सर्भिस सेन्टरमा महिन्द्राका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगातका सबै उत्पादन शृंखलाको बिक्री–सेवा रस्पेयर पार्ट्स उपलब्ध गराइनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्