ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

किचकवधमा आन्तरिक पर्यटक बढे

२०७७ फागुन, ५  
प्रदेश ०१
NA

झापा । कोडिभ–१९ का कारण सुनसान बनेको झापाको किचकवधमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढेको छ । महाभारतकालीन कथासँग जोडिएको नेपालको पर्यटकीयस्थल किचकवधमा वनभोज खान आउने र घुम्न आउनेहरूको चहलपहल बढेको छ ।

किचकवधमा प्रदेश सरकार र स्थानीय सरकारको पहलमा किचकवध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल संरक्षण समितिले वनभोजस्थल, बाल उद्यानसहितको बगैंचा निर्माण गरेको छ । यहाँ आउने पर्यटकको ध्यान बाल उद्यानभित्र राखिएको गैंडा र हात्तीको प्रतिमाले समेत खिच्ने गरेको समितिका अध्यक्ष दिलबहादुर थेबेले बताए ।

दैनिक १०० देखि २०० जनासम्म आन्तरिक पर्यटक आउन थालेको अध्यक्ष थेबेले बताए । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुर नगरपालिका वडा नं २ मा १० बिघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा दुई हजार वर्षभन्दा पहिलेको दरबारका अवशेष, किल्ला, पर्खाल, भाडाकुँडा र इँटाहरू पुरातŒव विभागको उत्खननबाट फेला परेको छ ।
हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्दै आएको छ । मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको छ । प्राकृतिक दृश्यावलोकनका लागि समेत सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकवध परिसरमा सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर छ । दक्षिणी भागमा धर्मशालाका लागि बनाइएको दुईतले भवनमा प्रहरीको अस्थायी बिट र ब्यारेक छ ।

महाभारतकालीन कथासँग जोडिएको किचकवधमा पर्यटकीय आकर्षण बढाउन स्थानीय, प्रदेश र संघीय सरकारले विशेष ध्यान दिइरहेको भद्रपुर नगरपालिका–२ अध्यक्ष भीम केरुङले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्