काठमाडौं (अस) । सिद्धार्थ बैंकले चितवन भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा एटीएम सेवा सुरु गरेको छ । योसहित बैंकका एटीएम सञ्जाल २ सय ६ पुगेका छन् ।
बैंकका प्रदेश प्रमुख दुर्गाराज पाण्डेयको सहभागिता रहेको कार्यक्रममा एटीएम सेवा उद्घाटन वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले गरे । बैंकले भरतपुरस्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारणलाई लक्षित गरी एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।